नर्थ क्यारोलिनाको संसदबाट घरघरमा राहत चेक पठाउने बिल पारित, बेरोजगारी विमामा ५० डलर थपिने


प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार

नर्थ क्यारोलिनाको राज्य संसदले कम्तीमा एकटा बच्चा भएका परिवारका बुबाआमालाई राहत रकम उपलब्ध गराउनका लागि एक बिलियन डलरको कोरोनाभाइरस राहत बिल पारित गरेको छ । जसअन्तरगत राज्यमा कम्तीमा एउटा बच्चा भएको परिवारमा ३३५ डलरको चेक बैंक खातामा वा हुलाकमार्फत पठाइने भएको छ ।

राज्यको सिनेटमा बिलका पक्षमा ४४ मत र विपक्षमा ५ मत खसेको थियो भने राज्यको तल्लो सदनमा बिलका पक्षमा १०४ मत र विपक्षमा १० मत खसेको थियो । ३३५ डलर धेरै ठूलो रकम नभएपनि यसले परिवारमा सानातिना बिल तिर्न मद्दत पुग्ने सिनेटका नेता फिल बर्जरले विश्वास व्यक्त गरेका छन् ।

रिपब्लिकन नेता बर्जरले बुबाआमाहरुले यो रकम कसरी खर्च गर्लान् भन्नेबारे आफूलाई चिन्ता नभएको तर उनीहरुका लागि यो आवश्यक भएको बताएका छन् । हरेक परिवारमा ३३५ डलर पठाउँदा कुल ४४० मिलियन डलर लाग्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै बेरोजगारी विमा रकममा पनि ५० डलर बढाएर दिइने भएको छ । यो रकम राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले प्रदान गर्ने साप्ताहिक ३ सय डलरको अतिरिक्त प्रदान गरिने जनाइएको छ । नर्थ क्यारोलिनमा काम गुमाएहरुले उनीहरुको साप्ताहिक ज्यालाको आधा रकम पाउने गरेका छन् ।

यो बिलले कोरोनाभाइरसको परीक्षण लगायतका क्षेत्रमा पनि रकम उपलब्ध गराउने भएको छ । साथै चुनावमा दिनमा खट्नेहरुका लागि अतिरिक्त १ सय डलर प्रदान गरिने भएको छ । परिवारलाई दिइने ३३५ डलर आउन भने डिसेम्बर १५ सम्म लाग्ने जनाइएको छ ।

नर्थ क्यारोलिनाको संसदले राहत चेक उपलब्ध गराउने बिल पारित गरेपनि संघीय संसदले भने यसबारेको बिल पारित गर्न सकेको छैन । ह्वाइट हाउस र डेमोक्र्याट्सबीच सहमति कायम हुन नसक्दा यसबारे कुनै प्रगति भएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com