विश्वमा कोरोनाको नयाँ इपीसेन्टर बन्दै भारत, मृतक संख्यामा मेक्सिकोलाई उछिनेर विश्वमा तेश्रो


प्रकाशित मिति : भाद्र १५, २०७७ सोमबार

विश्वभर सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी हुनेमा तेश्रो नम्बरमा रहेको भारतले कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा पनि मेक्सिकोलाई उछिनेर तेश्रो भएको छ । भारतमा अहिलेसम्म झण्डै ३७ लाखमा कोरोना संक्रमण पुष्टी भइसकेको छ भने मृतकको संख्या ६५ हजार नाघेको छ ।

एकदिनमा संक्रमण पुष्टी हुनेमा पनि भारत निकै अगाडि रहेको छ । सोमबारमात्र ७८ हजारभन्दा धेरै संक्रमण पुष्टी हुनेहरु थपिएका छन् । आइतबारपनि भारतले एकैदिनमा विश्वभरका मुख्य देशहरुमध्ये सबैभन्दा धेरै संक्रमितको संख्या रिपोर्ट गरेको थियो ।

यही गतिमा संक्रमितको संख्या बढेमा भारतले ब्राजिललाई एकसातामा उछिन्नेछ भने अमेरिकालाई २ महिनामा उछिन्नेछ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी हुने र मृतक संख्यमा अमेरिका पहिलो नम्बरमा रहेको छ । अमेरिकामा अहिलेसम्म ६२ लाख बढीमा संक्रमण पुष्टी भएको छ भने १ लाख ८७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

दोश्रो नम्बरमा रहेको ब्राजिलमा ३९ लाख बढीमा संक्रमण पुष्टी भएको छ भने १ लाख २१ हजारभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितसंख्यामा भारत तेश्रो नम्बरमा रहेपनि मृतक संख्यामा मेक्सिको अगाडि रहेको थियो । अब भारतले मृतक संख्यामा पनि मेक्सिकोलाई उछिनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वको सबैभन्दा दोश्रो ठूलो जनसंख्या भएको देश तथा कमजोर सार्वजनिक स्वास्थ्य प्रणाली रहेको भारत विश्वमै सबैभन्दा धेरै संक्रमित पुष्टी हुने देशमा आउन धेरै समय नलाग्ने राष्ट्रिय सरुवारोग प्रतिष्ठान भारतका नमन शाहले बताएका छन् । भारत कोरोनाको नयाँ इपीसेन्टर हुनेमा कुनै आशंका नरहेको सरकारी टास्क फोर्सका सदस्य समेत रहेका शाहले बताएका छन् ।

भारतमा संक्रमणको दर उच्च रहँदा त्यसबाट छिमेकी मुलुक नेपालमा पर्ने असरबारे पनि चिन्ता व्यक्त गरिएको छ । नेपालमा संक्रमितको संख्या ४० हजारको नजिक रहेको छ भने मृतकको संख्या २ सय नाघिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com