युनाइटेड एयरलाइन्सले उडान मिति परिवर्तन गर्दा लिने शुल्क सधैका लागि हटाउने


प्रकाशित मिति : भाद्र १४, २०७७ आईतबार

अमेरिकामा युनाइटेड एयरलाइन्सले उडान मिति परिवर्तन गर्दा लिने शुल्क सधैका लागि हटाउने भएको छ । यसअगाडि साउनवेष्टले उडान मिति परिवर्तन गर्दा लाग्ने शुल्क हटाउने निर्णय गरेको थियो ।

युनाइटेड एयरलाइन्सले आन्तरिक उडानमा मिति परिवर्तन गर्दा लाग्ने शुल्क खारेज गर्ने जनाएको छ । कोरानाको कारण यात्रामा अनिश्चितता भएको अवस्थामा यात्रामिति परिवर्तन गर्दा अब यात्रुहरुले थप शुल्क तिर्नुनपर्ने भएको छ ।

उडानको मिति परिवर्तन गर्दा पूर्णरुपमा थप शुल्क नलिने पहिलो विमानसेवा युनाइटेड एयरलाइन्स भएको छ । साउथवेस्ट एयरलायन्सले टिकटको मिति परिवर्तन गर्दामात्र होइन, ब्यागेज शुल्कसमेत नलिने घोषणा गरिसकेको छ ।

अधिकांश एयरलाइन्सहरुले उडानको मिति परिवर्तन गर्दा २ सय देखि ५ सय डलरसम्म शुल्क लिने गरेका थिए । कहिलेकाँही टिकटको मूल्यभन्दा पनि अतिरिक्त शुल्क बढी हुने समस्या रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युनाइटेड एयरलाइन्स होल्डिंगले गतबर्षमात्र टिकटको मिति परिवर्तनबाटमात्र ६२५ मिलियन डलर कमाएको थियो । त्यसमध्ये ५५ प्रतिशत आन्तरिक उडानबाट भएको जनाइएको छ ।

अमेरिकाका एयरलाइन्सहरुले टिकटको मिति परिवर्तन र रद्द गर्दा गतबर्ष २ दशमलव ८ बिलियन डलर कमाएका थिए ।

संघीय सहायता नपाएको खण्डमा आगामी महिनाहरुमा युनाइटेड एयरलाइन्सले आफ्ना २८५० पाइलटहरुलाई वेतलवी विदा दिने जनाएको छ । त्यस्तै अरु ३६ हजार कर्मचारीहरुलाई समेत विदा दिने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com