न्युयोर्कको ट्रेन स्टेशनमा दिउसो बलात्कार प्रयास गर्ने पक्राउ


प्रकाशित मिति : भाद्र १४, २०७७ आईतबार

न्युयोर्कको ट्रेन स्टेशनमा दिउसो बलात्कारको प्रयास गर्ने ३१ बर्षको एकजना पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । होजे रेयस नामको उक्त व्यक्तिले शनिबार विहान ११ बजे लेक्जिङटन एभिन्यु र इस्ट ६३ स्ट्रीटको एफ ट्रेन स्टेशनमा बलात्कार प्रयास गरेको जनाइएको छ ।

२५ बर्षकी महिलामाथि बलात्कारको प्रयास गर्दै झम्टिएको बेला अन्य न्युयोर्कबासीले देखेपछि उसको प्रयास असफल भएको थियो । त्यसको भिडियो समेत सार्वजनिक भएको थियो । प्रत्यक्षदर्शीले खिचेको भिडियो हेरेर प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो ।

सुरुमा ट्रेनभित्र उक्त व्यक्तिले हुक्काजस्तो पदार्थ धुमपान गरेर अनौठो किसिमको आवाज निकालेको थियो । र ति महिलातिर हेरेर एक्लै हासेको थियो । जब ती महिला ट्रेनबाट बाहिर निस्केकी थिइन्, तब त्यो व्यक्तिले आफ्नो यौनांगमा हात लगेर महिलाको पिछा गरेको थियो ।

केहीबेरमा नै महिलालाई झम्टेर उसले बलात्कार प्रयास गरेको थियो । लगत्तै भींड जम्मा भएर चिच्याउन थालेको थियो । भींडले अवरोध श्रृजना गरेपछि त्यो व्यक्ति घटनास्थलबाट भागेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिलालाई सामान्य चोटपटक लागेको बताइएको छ । तर उनले अस्पताल जान भने अस्वीकार गरेकी छिन् । होजे रेयसलाई प्रहरीले बलात्कारको प्रयास, यौनजन्य आक्रमण, दुब्र्यबहार र आक्रमणको अभियोग लगाएको छ ।

उक्त व्यक्तिको रेकर्ड हेर्दा विगतमा पनि लुटपाट, सानाठूला चोरी, प्रहरी अधिकारीमाथि नै आक्रमण लगायतका अपराधमा संलग्न भएको देखिएको छ । विगतमा तीनपटक ट्रेन स्टेशनमा पक्राउ परेपनि विगतका घटनाभने यौन आक्रमणसँग सम्बन्धित नभएको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com