१२ सय डलरको चेक र साप्ताहिक ६ सयको प्याकेजबारे पेलोसी र ह्वाइटहाउसबीच २५ मिनेट फोनवार्ता


प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार

१२ सय डलरको चेक र साप्ताहिक ६ सय समेटेको प्याकेजबारे हाउस स्पीकर न्यान्सी पेलोसी र ह्वाइटहाउसका चिफ अफ स्टाफ मार्क मेडोजबीच २५ मिनेट फोनमा कुराकानी भएको छ । हप्तौंपछि विहिबार भएको उक्त कुराकानीमा पनि कुनै सहमति भने कायम हुन सकेन ।

अगस्तको पहिलोसाता सहमति कायम हुन नसकेपछि भएको यो पहिलो छलफल थियो । उक्त फोनवार्तापछि पेलोसीले भनेकी छिन् ह्वाइट हाउस अमेरिकन जनताको आवश्यकतालाई वेवास्ता गरिरहेको कुरा यो फोनवार्ताबाट थप स्पष्ट भएको छ ।

ह्वाइट हाउसले प्रस्ताव गरेको राहत प्याकेज दोब्बरमात्र बनाउन आफूहरुले आग्रह गरेपनि ह्वाइटहाउसले अस्वीकार गरेको पेलोसीले बताएकी छिन् । ह्वाइट हाउसले १ ट्रिलियन डलर बढाउन सहमत भएमा आफूहरु एक ट्रिलियन डलर घट्न तयार रहेको डेमोक्र्याट्सहरुले बताउँदै आएका छन् ।

काम गुमाएहरुलाई साप्ताहिक ६ सय डलरको अवधि जुलाईको अन्तिमसाता नै समाप्त भएकाले डेमोक्र्याट्सहरु यो अवधि थप्न चाहन्छन् । तर यसमा ह्वाइट हाउसको सहमति छैन । रिपब्लिकनहरु सांसदहरुभने ह्वाइट हाउसको सहमति भएमा यसमा आफूहरुलाई कुनै समस्या नहुने बताउदै आएका छन् ।

दोश्रो चरणको १२ सय डलरको राहतचेक पठाउने सन्दर्भमा भने सबै पक्षको सहमति कायम रहेको छ । रिपब्लिकनहरु बेरोजगारी विमाको अतिरिक्त रकम, साना ब्यापारको लागि ऋण, कोरोना परीक्षण, विद्यालयहरुका लागि सहायता लगायतका लागि ५ सय बिलियन भन्दा बढी रकम छुट्याउने पक्षमा देखिएका छैनन् ।

अहिले अमेरिकी संसद छुट्टीमा रहेको छ । तर सेप्टेम्बरमा संसद सुचारु हुनेबेलासम्म पनि सहमति कायम हुनेमा आशंका देखिएको छ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com