अमेरिकाको मिसिगनमा मृत घोषणा गरेर फ्युनेरल होम लगिएकी महिला जीवितै


प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार

अमेरिकाको मिसिगनमा मृत घोषणा गरेर शवराख्ने झोलामा राखिएकी महिला जीवितै भेटिएकी छिन् । २० बर्षकी तिमेसा बिउचाम्पलाई मेडिकल टिमले मृत घोषणा गरेर शवराख्ने झोलामा पोको पारेको थियो ।

झण्डै तीनघण्टापछि फ्युनेरल होमका कर्मचारीहरुले उनलाई राखिएको झोला खोल्दा उनले ती कर्मचारीलाई घुरेर हेरिरहेकी थिइन् । जन्मेदेखि नै ती महिला मष्तिष्कको पक्षघातबाट पीडित थिइन् ।

आइतबार विहान उनलाई स्वास फेर्न गाह्रो भएपछि ९११ मा फोन गरेर एम्बुलेन्स बोलाइएको थियो । विहान झण्डै साढे ७ बजेतिर पारामेडिक्स टिम आउँदा उनी बेहोस अवस्थामा थिइन् ।

टिम आउँदा उनको स्वासप्रश्वास बन्द भइसकेको जस्तो देखिन्थ्यो । टिमले विभिन्न तरिका अपनाएर झण्डै ३० मिनेट जीवन बचाउने प्रयासहरु गरेको थियो । तर प्रयास सफल नभएको भन्दै उनलाई मृत घोषणा गरिएको थियो ।

झण्डै ९ बजे तिर उनलाई शवराख्ने झोलामा प्याक गरेर मेडिकल टिम फर्केको थियो । विहान पौने १२ बजेतिर फ्युनेरल होमका कर्मचारी आएर इम्बाल्मका लागि शवराखिएको झोला खोलेका थिए ।

जब उनलाई राखिएको झोला खोलेर शव नकुहिनेगरी रसायनहरु हालेर इम्बाल्म गर्न तयार गरिएको थियो, त्यतीबेला ती महिलाका आँखा खुला थिए भने उनले स्वास फेरिरहेकी थिइन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com