भ्याक्सिनलेमात्र कोरोना महामारी समाप्त पार्न नसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी


प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार

भ्याक्सिनलेमात्र कोरोना महामारी समाप्त पार्न नसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । शुक्रबार विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस एडनम घेब्रेसियसले पत्रकार सम्मेलनका क्रममा भ्याक्सिन महत्वपूर्ण उपकरण भएपनि यसले महामारी अन्त्य गर्न नसक्ने बताएका हुन् ।

विश्व नेताहरु र सर्वसाधारणहरुले भाइरसको व्यवस्थापन र उनीहरुको दैनिक जीवनमा स्थायी समायोजन गरेरमात्र भाइरसलाई न्यून तहमा झार्न सकिने उनले बताए । भ्याक्सिन निर्माण हुँदैमा पहिलेकै अवस्थामा जान नसकिने उनको भनाई छ ।

विगतका इतिहासहरुमा महामारीहरुले अर्थतन्त्र र समाजहरु परिवर्तन गरेको इतिहास रहेको उनले बताए । अहिलेसम्म विश्वभर २२ मिलियनभन्दा धेरैमा भाइरस संक्रमण पुष्टी भइसकेको छ भने झण्डै ८ लाखको मृत्यु भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले झण्डै ३० वटा कोरोना भाइरसबिरुद्धका सम्भावित भ्याक्सिनहरु परीक्षणका क्रममा रहेका छन् । तर ती भ्याक्सिनहरु सुरक्षित र प्रभावकारी हुने कुनै ग्यारेन्टी नभएको घेब्रेसियसले बताए ।

यसैमहिनाको सुरुतिर पनि घेब्रेसियसले कोरोनाबिरुद्धको भ्याक्सिन सिल्भर बुलेट बन्न नसक्ने बताएका थिए । महामारीका बेलामा हरेक व्यक्तिले प्रभाव पार्नसक्ने भएकाले स्वास्थ्य मापदण्डको पालना गर्न सुझाव दिएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com