काम गुमाएकालाई साप्ताहिक ६ सय डलरको अवधि थप्न ११४ सांसदको पत्र पेलोसीलाई


प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार

अमेरिकामा काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधि थप्न ११४ जना डेमोक्रेटिक सांसदले हाउस स्पीकर न्यायन्सी पेलोसीलाई पत्र बुझाएका छन् । जुलाईको अन्तिममा नै समाप्त भएको उक्त सुविधाको अवधि बढाउन आग्रह गर्दै सांसदहरुले पेलोसीलाई संयुक्त हस्ताक्षरसहितको पत्र दिएका हुन् ।

हाउस स्पीकर न्यायान्सी पेलोसी र हाउसमा डेमोक्रेटिक नेता स्टेनी होयरलाई सम्बोधन गरेर लेखिएको उक्त पत्रमा साप्ताहिक ६ सय डलरको सुविधा पुनस्थापित गर्ने बिल ल्याउन दवाव दिइएको छ । बरु राज्यको बेरोजगारी दर कम हुँदै गर्दा साप्ताहिक रकमको दर पनि घटाउँदै लैजाने प्रस्ताव गरिएको छ ।

पत्रको पूर्ण पाठ यस्तो छ

सहमति कायम हुन नसक्दा अहिले संसदबाट कुनै पनि राहत प्याकेज पारित हुन सकेको छैन । डेमोक्र्याटहरु राहत प्याकेज ३ ट्रिलियनबाट आधा घटाउन सहमत भएका त छन् तर यसबारे थप वार्ता वा सहमति पनि कायम हुन सकेको छैन ।

सहमति कायम हुन नसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्त १ देखि लागु हुनेगरी साप्ताहिक ३ सय डलर प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर त्यसका लागि ४४ बिलियनमात्र रकम रहेकाले त्यो रकम झण्डै तीनसातामात्र पुग्ने देखिएको छ । जुन तीनसाता पुरा भइसकेको छ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com