गुप्त सुरक्षा सेवाका लागि कमला ह्यारिसको कोडनाम ‘पायनियर’


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो कोडनाम ‘पायनियर’ छानेकी छिन् । गुप्त सुरक्षा एजेन्सीले कोड नाम छान्ने विकल्पहरु दिएकोमा उनले यो नाम छानेकी हुन् ।

राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपतिमा कमला ह्यारिसलाई छनौट गरेपछि उनलाई सरकारका तर्फबाट गुप्त सुरक्षा प्रदान गरिएको थियो । ह्वाइटहाउसको कम्युनिकेशन एजेन्सीले स्वीकृत गरेका नामहरुमध्येबाट गुप्त सुरक्षा एजेन्सीले नामहरु छान्ने विकल्प दिएको हो ।

छानेको कोडनाम जस्तै पहिलो अश्वेत महिला र इन्यिडयन अमेरिकनका रुपमा उनको उम्मेदवारी आएको छ । यदि नोभेम्बरमा निर्वाचित भएमा उनी अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति हुनेछिन् । त्यो बाहेक उनी पहिलो इन्डियन अमेरिकन उपराष्ट्रपति, पहिलो अश्वेत उपराष्ट्रपति र पहिलो जमैकन अमेरकन उपराष्ट्रपति समेत हुनेछिन् ।

ओबामाले आफ्नो कोडनाम ‘रेनेगेड’ छानेका थिए । बारबरा बुसको कोडनाम ‘ट्रयांक्वीलीटी’ रहेको थियो । मिशेल ओबामाको कोडनाम ‘रेनाशा’ थियो । जो बाइडेनको कोड नाम उपराष्ट्रपति हुँदा ‘केल्टिक’ थियो । अहिले पनि त्यही नै छ । त्यस्तै जिल बाइडेनको कोडनाम सेकेण्ड लेडीका रुपमा ‘काप्री’ थियो र अहिले पनि त्यही नै छ ।

डोनाल्ड ट्रम्पको कोड नाम ‘मोगल’ रहेको छ । मेलानिया ट्रम्पको कोडनाम ‘म्युस’ रहेको छ । त्यस्तै उपराष्ट्रपति माइक पेन्सको कोडनाम ‘हुजर’ रहेको छ भने उनकी पत्नी करेन पेन्सको कोडनाम ‘हमिङबर्ड’ रहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com