अमेरिकामा नाकबाट लिइने स्वाबको साटो रयालबाट सस्तो र छरितो कोभिड परीक्षण स्वीकृत


प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार

अमेरिकी सरकारको खाद्य तथा औषधी प्रशासनले कोभिड १९ को सस्तो र छरितो परीक्षण गर्ने विधिलाई आपतकालिन स्वीकृति प्रदान गरेको छ । र्यालको माध्यमबाट कोभिड परीक्षण गरिने यो विधि अहिलेका विधिहरुभन्दा छरितो र सस्तो रहेको जनाइएको छ ।

यल स्कुल अफ पब्लिक हेल्थले विकाश गरेको परीक्षण विधिले श्रम धेरै लाग्ने भाइरसको जेनेटिक तत्व तान्नुपर्ने अरु विधिहरुलाई विस्थापित गर्छ । यो विधिले एउटा इन्जाइमसँगै र्याललाई टुक्राएर कोरोना परीक्षण गर्छ ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

यो विधि अनुशार १० डलरमै कोरोना परीक्षण गर्ने लक्ष्य लिइएको छ । यो नयाँ विधि सफल भएमा सस्तोमा कोरोना परीक्षण ब्यापक बनाउन सकिनेछ ।

रयाल परीक्षण गर्दा नाकभित्रबा स्वाब लिनु नपर्ने जनाइएको छ । तर नाकबाट लिइएको स्वाबको तुलनामा र्यालको परीक्षण प्रभावकारी हुने नहुनेमा भने अझै प्रश्नचिन्ह नै छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com