राष्ट्रपति ट्रम्पका भाई रोबर्ट ट्रम्प सिकिस्त, भाईलाई भेट्न आउने


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्प सिकिस्त बिरामी भएर न्युयोर्कको अस्पतालमा भर्ना भएका छन् । तर उनी कस्तो बिरामी भएका कारण अस्पताल भर्ना भएका हुन् भन्नेबारे खुलाइएको छैन ।

ह्वाइट हाउस प्रेस सेक्रेटरीका अनुशार राष्ट्रपति ट्रम्पको भाईसँग निकै राम्रो सम्बन्ध रहेको छ । भाईलाई भेट्न राष्ट्रपति ट्रम्प आज न्युयोर्क आउने अपेक्षा गरिएको छ ।

गत जुनमा रोबर्ट ट्रम्प न्युयोर्कको माउन्ट साइनाई अस्पालमा आईसीयुमा भर्ना भएका थिए । त्यतीबेला उनी झण्डै एकसाता आईसीयुमा भर्ना भएको जनाइएको छ ।

रोबर्ट ट्रम्पले हालै ट्रम्प परिवारका तर्फबाट एउटा मुद्दाको प्रतिनिधित्व गरेपछि चर्चामा आएका थिए, जुन मुद्दा राष्ट्रपतिको भतिजीले लेखेको एउटा पुस्तकको प्रकाशन रोक्नेसँग सम्बन्धित थियो । त्यो बुकका एउटा गोप्य सहमतिको उल्लंघन गरेर विषयहरु लेखिएको ट्रम्प परिवारको दावी थियो ।

रोबर्ट ट्रम्पले त्यस्तो पुस्तक लेख्ने भजितिको निर्णयप्रति आफू निकै निराश भएको बताएका थिए । उनले आफ्नो सबै परिवारले आफ्ना दाई डोनाल्ड ट्रम्पप्रति गर्व गर्ने बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com