न्युयोर्कमा आईसीयुमा रहेका बिरामीको संख्या मार्च १५ यताकै कम, ट्राभल एड्भाइजरी अपडेट


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

न्युयोर्क राज्यमा आईसीयुमा भर्ना भएका कोरोना संक्रमितको संख्या मार्च १५ यताकै सबैभन्दा कम भएको छ । सोमबार आईसीयुमा रहेका बिरामीको संख्या १२०मात्र रहेको गभर्नर एन्ड्रयु कुमोले जनाएका छन् ।

भेन्टिलेटरमा राखिएका बिरामीहरुको संख्यापनि मध्यमार्च यताकै सबैभन्दा कम भएको छ । न्युयोर्क राज्यमा अहिले ६० जना बिरामीहरुलाई भेन्टिलेटरमा राखिएको छ । न्युयोर्कमा सोमबार परीक्षण गरिएकाहरुमध्ये शुन्य दशमलव ८६ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको थियो ।

न्युयोर्कमा सोमबार कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो भने नयाँ संक्रमितको संख्या ६६७ रहेको थियो । न्युयोर्क राज्यमा संक्रमितको संख्या ४ लाख २२ हजार नाघिसकेको छ ।

यसैबीच न्युयोर्कले अन्य राज्यबाट आउँदा क्वारेन्टीनमा बस्नुपर्ने राज्यहरुको सुची अपडेट गरेको छ । नयाँ सुचीमा हवाई, साउथ डाकोटा र भर्जिन आइल्याण्डलाई थपिएको छ भने अलास्का, न्यु मेक्सिको, ओहायो, रोढ आइल्याण्ड र वासिंटनलाई हटाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com