उबर र लिफ्ट चालकलाई कन्ट्रयाक्टरका रुपमा बगिकृत नगर्न अदालतको आदेश


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

क्यालिफोर्नियाका न्यायाधिसले उबर र लिफ्टलाई आफ्ना चालकहरुलाई स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा बगिकृत नगर्न प्राथमिकत आदेश जारी गरेका छन् । उक्त आदेश १० दिनपछि लागु हुनेछ ।

उबर र लिफ्टले चालकहरुलाई कार्मचारीका रुपमा नभई स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा बगिकृत गरेर पूर्णकालिन कामदारका रुपमा दिनुपर्ने सेवासुविधाको जिम्मेबारीबाट मुक्त रहँदै आएका थिए । सान फ्रान्सिस्को, लस एन्जलस र सान डिएगोसहित क्यालिफोर्नियाका महान्याधिवक्ताले अदालतले समक्ष उक्त आदेशको माग गरेका थिए ।

राज्यको नयाँ नियमले गिग वर्करलाई पूर्णकालिन कामदारका रुपमा बर्गिकृत गर्ने प्रावधान ल्याएपनि उबर र लिफ्टले आफ्ना चालकहरु स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा रहेको तर्क गर्दै नियमको विरोध गरेका थिए । उबर र लिफ्टले अदालतको आदेशबिरुद्ध पुनरावेदन जाने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा ठूलो संख्या नेपाली उबर चालकहरु रहेका छन् । न्युयोर्कमा नेपाली उबर चालकहरुको संख्या सबैभन्दा उल्लेख्य रहेको छ । उनीहरुले बेरोजगारी विमा रकम लिंदा गिग वर्करका रुपमा वा स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा बगिकृत गर्दै आएका छन् ।

स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा रहँदा उनीहरुप्रति उबरको खासै जिम्मेबारी हुँदैन । तर गिग वर्करलाई कामदारका रुपमा स्वीकार्ने कतिपय राज्यका नियमका कारण उबर र लिफ्ट अप्ठ्यारोमा परेका छन् । किनभने कामदारका रुपमा रहँदा सेवा सुविधाका सन्दर्भमा उनीहरुप्रतिको अतिरिक्त जिम्मेबारी हुनेगर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com