ह्वाइटहाउसबाट गोली चलेपछि ट्रम्पलाई सुरक्षा एजेन्टले पत्रकार सम्मेलनबाट बाहिर निकाले


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

ह्वाइटहाउसबाहिर गोली चलेपछि ट्रम्पलाई सुरक्षा एजेन्टले पत्रकार सम्मेलनबाट बाहिर निकालेका छन् । कोरोना भाइरसबारेको पत्रकार सम्मेलनमा बोल्दा बोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले पोडियम छाडेका हुन् ।

केहीबेरपछि पुन पत्रकार सम्मेलनमा फर्केका ट्रम्पले स्थीति नियन्त्रणमा आइसकेको बताएका छन् । उनले प्रभावकारी काम गरेकोमा सुरक्षा एजेन्टलाई धन्यवाद दिएका छन् भने गोली चल्दा एकजना व्यक्ति घाइते भएकाले अस्पताल लगिएको समेत जानकारी दिएका छन् ।

ती व्यक्तिलाई ह्वाइटहाउसका सुरक्षाकर्मीहरुले गोली हानेको जनाइएको छ । ती व्यक्तिलाई किन गोली हानियो र उनको अवस्था के छ भन्नेबारे आफूलाई थाहा नभएको ट्रम्पले बताएका छन् ।

ट्रम्पलाई सुरक्षाकर्मीहरुले ओभल अफिसभन्दा बाहिरमात्र निकालेको तर बंकरभित्र भने नलगेको जनाइएको छ ।

ट्रम्प बोल्दाबोल्दै सुरक्षा एजेन्टले तत्काल बाहिर निस्कनुपर्ने बताएपछि ट्रम्प वाक्य पुरा नगरिकनै बाहिरिएका थिए ।

‘हामी यहाँबाट बाहिर निस्कदैछौं’ – सुरक्षा एजेन्टले ट्रम्प बोल्दाबोल्दै भने । ट्रम्पले नबुझेर सोधेका छन् – ‘एक्सक्युज मी ?’

त्यसपछि एजेन्टले भनेको सुन्न सकिन्छ – ‘बाहिर निस्कनुस् ।’

‘ओह’ यति भन्दै ट्रम्पले तुरुन्तै पोडियम छाडेका थिए ।

सेभेन्टिन्थ र पेन्सिलभेनिया एभिन्यु नर्थवेष्टको कर्नरमा गोली चलेको जनाइएको छ । गोली चलाउने व्यक्तिलाई हिराशतमा लिइसकिएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com