पत्रकार सम्मेलनमा बोल्दाबोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले छाडे पोडियम


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

कोरोना भाइरसबारेको पत्रकार सम्मेलनमा बोल्दा बोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले पोडियम छाडेका छन् । ट्रम्प बोल्दाबोल्दै सुरक्षा एजेन्टले तत्काल बाहिर निस्कनुपर्ने बताएपछि ट्रम्प वाक्य पुरा नगरिकनै बाहिरिएका छन् ।

‘हामी यहाँबाट बाहिर निस्कदैछौं’ – सुरक्षा एजेन्टले ट्रम्प बोल्दाबोल्दै भने । ट्रम्पले नबुझेर सोधेका छन् – ‘एक्सक्युज मी ?’

त्यसपछि एजेन्टले भनेको सुन्न सकिन्छ – ‘बाहिर निस्कनुस् ।’

‘ओह’  यति भन्दै ट्रम्पले तुरुन्तै पोडियम छाडेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com