न्युयोर्कमा कोरोनाबिरुद्धको मापदण्ड सबैभन्दा धेरै क्वीन्समा उल्लंघन, गभर्नर कुमो आक्रोशित


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

क्वीन्सबोरो ब्रिजबाट देखिएको क्वीन्सतर्फको दृश्य । फोटो : खसोखास

न्युयोर्कमा कोरोनाबिरुद्धको मापदण्ड सबैभन्दा धेरै क्वीन्समा उल्लंघन भएकोमा गभर्नर एन्ड्रयु कुमो आक्रोशित भएका छन् । शनिबार विभिन्न स्थानमा २६ वटा स्थानमा मापदण्डको उल्लंघन भएकोमा सबैभन्दा धेरै क्वीन्समा १६ स्थान रहेका थिए ।

क्वीन्समा १६, ब्रोंक्समा १, बु्रकलिनमा २, म्यानहटनमा ५ र लङ आइल्याण्डमा २ स्थानमा नियम उल्लंघन भएको पाइएको थियो । खासगरी क्वीन्सका बार र रेष्टुरेण्टहरुले सामाजिक दुरी तथा अन्य मापदण्डहरुको उल्लंघन गरेका छन् ।

कुमोले मापदण्ड पूरा गर्न क्वीन्स निवासीहरुलाई र मापदण्ड कार्यान्वयनका लागि प्रहरीलाई आग्रह गरेका छन् । यद्यपी न्युयोर्कमा संक्रमण दर अहिलेसम्म पनि न्यून नै रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा शनिबार कुल परीक्षणमध्ये शुन्य दशमलव ७८ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको थियो । तर न्युयोर्कभर कोरोनाबाट शनिबार ७ जनाको ज्यान गएको थियो ।

न्युयोर्कको क्वीन्स नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र हो, जहाँ कोरोना संक्रमणबाट कम्तीमा ६ जना नेपालीहरुको ज्यान गइसकेको छ ।

यसैबीच अमेरिकामा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५० लाख नाघेको छ । अमेरिकाभर मृतकको संख्या १ लाख ६५ हजार नाघेको छ । संक्रमितको संख्यामा न्युयोर्कलाई टेक्सास, क्यालिफोर्निया र फ्लोरिडाले उछिनिसकेका छन् । टेक्सास, क्यालिफोर्निया र फ्लोरिडामा संक्रमितको संख्या पाँचपाँच लाख नाघिसकेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com