आर्थिक राहत लगायतका ४ कार्यकारी आदेशको तयारीमा ट्रम्प, पत्रकार सम्मेलन लाइभ


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस आर्थिक राहत लगायतका ४ कार्यकारी आदेशको तयारी गरेको जनाइएको छ । यसैबीच न्युजर्सीमा ट्रम्पले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

ट्रम्पले जारी गर्ने भनिएका कार्यकारी आदेश मध्ये एकले लाखौंका लागि बेरोजगारी सहायतालाई ब्यूताउने जनाइएको छ । अरु दुईवटा कार्यकारी आदेशहरु भाडा नतिरेकाहरुलाई घरबाट निकाल्नबाट रोक लगाउने आदेशहरु हुन् । चौथो आदेश पेरोल ट्याक्सलाई पछाडि सार्नका लागि रहेको जनाइएको छ ।

 हेर्नुहोस् पत्रकार सम्मेलनको लाइभ भिडियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अगाडि शुक्रबार राती न्युजर्सीको क्लबमा पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत यो बर्षभर नै बेरोजगारी विमाको रकम बढाउने बताएका थिए । काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधिका विषयमा डेमाक्रेटिक सांसदहरुसँग कुरा नमिलेको बेलामा ट्रम्पको यो भनाई आएको हो ।

ट्रम्पले पेरोल ट्याक्स, भाडा नतिरेकाहरुलाई घरबाट निकाल्नबाट रोक, काम गुमाएकालाई संघीय सरकारले दिदै आएको अतिरिक्त रकमको निरन्तरता लगायतका विषयमा कार्यकारी आदेश जारी गर्ने बताए । त्यस्तै विद्यार्थीको ऋण तिर्ने अवधि पछि सार्ने विषयलाई पनि समेट्ने उनको भनाई छ ।

पेरोल ट्याक्स तिर्ने अवधि पछि सार्ने विषयमा छलफल भइरहेको उनले बताए । उनले यो साताको अन्त्यसम्ममा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् । अहिले कानुनविदहरुले कार्यकारी आदेशको भाषा तयार गरिरहेको उनले खुलासा गरे ।

ट्रम्पले जुलाई महिनामा अमेरिकामा थपिएको जागिर ऐतिहासिक भएको भन्दै पत्रकारसम्मेलनको सुरुवात गरेका थिए । अमेरिकामा जुलाईमामात्र १८ लाख जागिर थपिएका छन् ।

शुक्रबारमात्र ह्वाइटहाउसका वार्ताकारसँग हाउस स्पीकार न्यान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक नेता चक शुमरबीचको वार्ता निष्कष्र्काविहिन भएको थियो । लगत्तै ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले ट्रम्पलाई कार्यकारी आदेश जारी गर्न सुझाव दिएका थिए । आगामी राहत प्याकेज साढे ३ ट्रिलियन बनाउने डेमोक्रेटिक सांसदको प्रस्ताव र एक ट्रिलियनको हाराहारीमा बनाउने ह्वाइट हाउसको प्रस्तावबीच कुरा नमिलेपछि वार्ता निष्कर्षविहिन भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com