सेप्टेम्बर ८ देखि अमेरिकामा हवाई यात्रा गर्दा २० डलरसम्म सस्तो टिकट
प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार
आगामी सेप्टेम्बर ८ देखि फरबरी १० सम्म अमेरिकामा यात्रा गर्दा केही यात्रुहरुले २० डलरसम्मको सस्तो टिकट प्राप्त गर्ने भएका छन् । जेटब्लु एयरवेजले सस्तो टिकटका रुपमा कतिपय गन्तब्यका लागि २० डलरसम्मको टिकट उपलब्ध गराएको छ ।
सस्तो टिकट अन्तरगत यात्रुहरुले न्युयोर्कदेखि डेट्रोइट वा जर्जियाको सभानासम्म २० डलरको टिकटमा यात्रा गर्न सक्नेछन् । तर आज राती अर्थात् अगस्त ६ भित्र टिकट बुक गरिसकेको हुनुपर्ने प्रावधान रहेको छ ।
Limited time only! Prices shown: JFK to DTW (US flight); JFK to CUN (Int’l flight). Book by 8/6 and travel 9/8/20–2/10/21 (Sun–Wed travel). Blackout dates: 11/20–11/30 & 12/18–1/4. +Terms. https://t.co/6LV7eetDGa pic.twitter.com/kKj0vzYBX9
— JetBlue (@JetBlue) August 5, 2020
त्यस्तै न्युयोर्कबाट मेक्सिकोको क्यानकुनसम्म ८९ डलरको टिकटमा यात्रा गर्न सकिने भएको छ । नोभेम्बर २० देखि नोभेम्बर ३० सम्म र डिसेम्बर १८ देखि जनवरी ४ सम्म भने त्यस्तो छुट दिइएको छैन । क्रिसमस र थ्यांक्सगिभिङको समय बाहेक अन्य समयका लागि छुट दिइएको हो ।
न्युयोर्कदेखि मिनापोलिससम्म ४९ डलरमा यात्रा गर्न सकिनेछ भने न्युयोर्कबाट जमैकाको मोन्टेगो बेसम्म ११९ डलरमा यात्रा गर्न सकिनेछ । सबै मूल्यमा सरकारी ट्याक्स र शुल्कहरु समेत जोडिएको छ । तर याद गर्नुहोस् टिकट भने अगस्त ६ को मध्यरात अगाडि नै लिनुपर्नेछ ।





