भारतमा कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगलागी ८ जनाको ज्यान गयो


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ । गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकामा रहेको कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राति ३ बजेतिर लागेको आगो एक घण्टामै निभाइए पनि ८ जनाको भने ज्यान गएको खबरमा उल्लेख छ । आगो लागेपछि त्यहाँ रहेका ४० जना बिरामीलाई एसपीवी अस्पताल सारिएको छ । अस्पतालमा रहेका सबै जना कोरोना सङ्क्रमित हुन् । उद्धारमा खटिएका सबैजनालाई क्वरेण्टीनमा राखिएको छ ।

मुख्यमन्त्री विजय रुपाणीले घटनाबारे तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । विद्युत सर्ट भएर आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com