न्युयोर्क, कनेक्टिकट र भर्मोन्टमा पब्लिक चार्जको नियम कार्यान्वयनमा पुनरावेदनको पनि रोक


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

अमेरिकाको पुनरावेदन अदालतले पनि ट्रम्प प्रशासनको विवादास्पद पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएको छ । संघीय न्यायाधिसले पब्लिक चार्जको नियम कार्यान्वयनमा देशब्यापी रोक लगाए लगत्तै मंगलबार पुनरावेदन अदालतले न्युयोर्क, कनेक्टिकट र भर्मोन्टमा उक्त नियम कार्यान्वयनमा रोक लगाएको हो ।

युएससीआईएसले यसरी कार्यान्वयन गर्दैछ पब्लिक चार्जको नियम कार्यान्वयन नगर्ने अदालती आदेश

सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड लिनमा रोक लगाउन सक्ने उक्त नियम गत फरबरीदेखि कार्यान्वयन सुरु गरिएको थियो । सर्बोच्च अदालतले नियम कार्यान्वयनका लागि बाटो खोलेपछि पब्लिक चार्जको नियम कार्यान्वयनमा आएको थियो । तर न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट कोर्टका संघीय न्यायाधिसले झण्डै एकसाता अगाडि कोरोना महामारीको कारण देखाउँदै नियम कार्यान्वयनमा रोक लगाएका थिए ।

मंगलबारको फैसला सेकेण्ड सर्किट कोर्टले गरेको हो । युएससीआईएसले पुनरावेदन अदालतको आदेश कार्यान्वयनका सन्दर्भमा पुनरावलोकन गरिरहेको जनाएको छ । यद्यपी युएससीआईएसले पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएको गत साताको आदेश कार्यान्वयन सुरु गरिसकेको छ ।

सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड नदिने नियम कार्यान्वयनमा अदालतबाट देशब्यापी रोक

कोरोना महामारीका कारण पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाउनका लागि न्युयोर्क र अन्य राज्यहरुले गरेको अनुरोध सर्बोच्च अदालतले अस्वीकार गरेको थियो । यद्यपी सर्वोच्चले दोश्रोपटक यो मामलाका साथ डिस्ट्रिक्ट कोर्टमा जान सकिने संकेत गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com