न्युयोर्कमा शक्तिशाली हुरी, सडक र पार्कहरुमा रुखहरु ढले, ब्याट्री पार्कमा ७८ माइल प्रतिघण्टा


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

शक्तिशाली हावाहुरी न्युयोर्क आइपुगेपछि सडक र पार्कहरुमा रुखहरु ढलेका छन् । यो हुरी सन् २०१२ को आँधी स्याण्डीपछिको शक्तिशाली हुरी हुने बताइएको छ ।

म्यानहटनको ब्याट्रीपार्कमा ७८ माइल प्रतिघण्टाको गतिमा हावाहुरी आएको छ भने जोन अफ केनेडी एयरपोर्टमा ७० माइल प्रतिघण्टाको गतिमा हावाहुरी चलेको छ । लागुआर्डिया एयरपोर्टमा ६९ माइल प्रतिघण्टाको गतिमा र नेवार्क एयरपोर्टमा ६८ माइल प्रतिघण्टाको गतिमा हुरी चलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लङ बिच र न्युजर्सीमा १०९ माइल प्रतिघण्टाको गतिमा हुरी चलेको थियो । हुरीका कारण अहिलेसम्म २० लाखको घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

न्युयोर्कका मेट्रो नर्थ सेवा प्रभावित भएको छ भने स्टेटन आइल्याण्डको फेरी पनि बेलुकासम्मका लागि बन्द गरिएको छ । न्युजर्सी ट्रान्जिट लगायतका कैयन रेल लाइनहरु अवरुद्ध भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com