न्युयोर्कमा शक्तिशाली हुरी, सडक र पार्कहरुमा रुखहरु ढले, ब्याट्री पार्कमा ७८ माइल प्रतिघण्टा


प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार

शक्तिशाली हावाहुरी न्युयोर्क आइपुगेपछि सडक र पार्कहरुमा रुखहरु ढलेका छन् । यो हुरी सन् २०१२ को आँधी स्याण्डीपछिको शक्तिशाली हुरी हुने बताइएको छ ।

म्यानहटनको ब्याट्रीपार्कमा ७८ माइल प्रतिघण्टाको गतिमा हावाहुरी आएको छ भने जोन अफ केनेडी एयरपोर्टमा ७० माइल प्रतिघण्टाको गतिमा हावाहुरी चलेको छ । लागुआर्डिया एयरपोर्टमा ६९ माइल प्रतिघण्टाको गतिमा र नेवार्क एयरपोर्टमा ६८ माइल प्रतिघण्टाको गतिमा हुरी चलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लङ बिच र न्युजर्सीमा १०९ माइल प्रतिघण्टाको गतिमा हुरी चलेको थियो । हुरीका कारण अहिलेसम्म २० लाखको घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

न्युयोर्कका मेट्रो नर्थ सेवा प्रभावित भएको छ भने स्टेटन आइल्याण्डको फेरी पनि बेलुकासम्मका लागि बन्द गरिएको छ । न्युजर्सी ट्रान्जिट लगायतका कैयन रेल लाइनहरु अवरुद्ध भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com