ट्रम्पले जारी गरे कार्यकारी आदेश (कार्यकारी आदेशको पूर्ण पाठ समेत)
प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार
WASHINGTON, DC – OCTOBER 30: U.S. President Donald Trump delivers remarks during the Medal of Honor ceremony for Army Master Sgt. Matthew Williams in the East Room of the White House October 30, 2019 in Washington, DC. Serving with Special Forces Operational Detachment Alpha in Afghanistan’s Shok Valley in 2008, Williams repeatedly risked his life to evacuate four wounded teammates and lead counterassaults after they were pinned down by enemy fire during a mission to capture or kill high-value targets. (Photo by Chip Somodevilla/Getty Images)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेश जारी गर्दै संघीय एजेन्सीहरुलाई अमेरिकनको साटोमा विदेशी कामदारहरु राख्नमा रोक लगाएका छन् । यो कार्यकारी आदेश अनुशार अब संघीय एजेन्सीहरुले ग्रिनकार्डवाहक वा अमेरिकी नागरिकलाई हटाएर विदेशी कामदार राख्न पाउनेछैनन् ।
यो आदेशबाट उच्च क्षमताका जागिरहरुका लागि एचवान बी भिसावाहकलाई काममा लगाउने संघीय ठेकेदारहरु समेत प्रभावित हुनेछन् । हायर अमेरिकनको नीति अनुशार आफूले कार्यकारी आदेश जारी गरेको ट्रम्पले बताएका छन् ।
यसैबीच ट्रम्पले अमेरिकन कामदारलाई धोका दिएको आरोपमा टेनिसी भ्याली अथोरिटीका चेयरलाई बर्खास्त गरेका छन् । उनले विदेशी कामदारलाई राख्ने काम निरन्तरता दिएमा बोर्डका अरु सदस्यहलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
अमेरिकनलाई काममा राखौं, अमेरिकी उत्पादन किनौं भन्ने नारा २०१६ को चुनावदेखि नै ट्रम्पको मुख्य नाराका रुपमा रहदै आएको छ । अमेरिकामा बेरोजगारी दर १० प्रतिशतभन्दा माथि पुगेको र ४ करोडभन्दा धेरै अमेरिकन बेरोजगार भएको सन्दर्भमा ट्रम्पको यो कार्यकारी आदेश आएको हो ।
ट्रम्पले विदेशी कामदारहरुलाई दुरुत्साहन गर्दै आएका छन् । जस अन्तरगत डिसेम्बरसम्म लागु हुनेगरी कामदार भिसामा अमेरिकामा आउनमा समेत रोक लगाइसकेका छन् ।





