भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण, अस्पताल भर्ना


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

भारतीय गृहमन्त्री अमित साहलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । भारतीय जनता पार्टीका पूर्व अध्यक्षसमेत रहेका मोदी सरकारका शक्तिशाली मन्त्री साहलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना गरिएको छ ।

कोरोनाका लक्षणहरु देखिन थालेपछि मन्त्री साहले परीक्षण गराएका थिए । साहले केही दिनको अवधिमा आफूसँग सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई कोरोना परीक्षण गराउनसमेत आग्रह गरेका छन् ।

यसैबीच भारतीय चर्चित अभिनेता अमिताभ बच्चनको कोरोना परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज भएको भन्दै ट्वीट मार्फत सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब आफू घरमै क्वारेन्टीनमा बस्ने उनले बताएका छन् । उनले भनेका छन् -‘भगवानको कृपा, बुबाआमाको आशिर्वाद, मेरा साथीहरु र शुभचिन्तकहरुको प्राथना, नानावती अस्पतालमा गरिएको उत्कृष्ट हेरचाहका कारण आज मेरोलागि यो दिन देख्न सम्भव भएको छ ।’

गत जुलाई ११ मा अमिताभले आफूलाई कोरोना संक्रमण भएको पुष्टी गरेका थिए । त्यसपछि उनी अस्पतालमा भर्ना भएका थिए । झण्डै तीनसाता लामो अस्पताल बसाईपछि उनी डिस्चार्ज भएका छन् ।

तर उनका छोरा तथा चर्चित कलाकार अभिषेक बच्चनले भने आफूमा अझै पनि कोरोना पोजेटिभ देखिएकाले अस्पतालमै बस्नुपर्ने बताएका छन् । उनले आफ्ना प्राथना गर्ने सबैलाई धन्यवाद दिंदै भनेका छन् – ‘म यसलाई पराजित गरेर स्वस्थ्य भएर फर्कने प्रण गर्छु ।’

अब अभिषेक बाहेक बच्चन परिवारका सबैजना घर फर्किसकेका छन् ।

अहिलेसम्म भारतमा १८ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको छ । भारतमा कोरोनाका कारण ३८ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com