यूपीका शिक्षा मन्त्री कमलाको कोरोना संक्रमणबाट मृत्यु


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

भारत उत्तर प्रदेशकी क्याबनेट मन्त्री कमला रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । गत १८ जुलाईमा उनी कोरोनासंक्रमित भएको पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि लखनऊस्थित एसजीजीआईमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार उनको निधन भएको हो । मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने कार्यक्रम पनि रद्द गरेका छन् ।

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुर सीटबाट चुनावी मैदानमा उतारेको थियो । यो सिटबाट पार्टीका लागि चुनाव जित्ने उनी पहिलो विधायक पनि हुन् । उनी गत वर्ष राज्यको क्याबिनेटमा मन्त्री बनाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com