अष्ट्रेलियाको भिक्टोरियामा बाल अस्पतालको एनआइसीयुमै फैलियो कोरोना, नवजात शिशुमा समेत संक्रमण


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

अष्ट्रेलियाको भिक्टोरियामा अस्पतालको एनआइसियुमै कोरोना संक्रमण फैलिएको भेटिएको छ। रोयल चिल्ड्रेन हस्पिटलको एनआईसीयुमा कोरोना भाइरस संक्रमणका चार नयाँ केस भेटिएका हुन्।

संक्रमित मध्ये दुई जना अभिभावक, एउटा शिशु र एकजना त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी रहेको स्वास्थ्य अधिकारिहरुले जनाएका छन्। संक्रमित शिशु ३ हप्ता पनि नपुगेको र उनलाई आइसीयुमा राखेर उपचार भइरहेको बताइएको छ।

१२ जुलाई देखि यता उक्त हस्पिटलको बटरफ्लाई वार्डमा दुई घण्टा भन्दा बढी बिताएका सम्पूर्णको कोरोना परिक्षण गरिने स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com