अष्ट्रेलियाको क्विन्सल्याण्डमा ५० पोइन्ट मै पीआरको लागि बाटो खुल्ला


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

अष्ट्रेलियाको क्विन्सल्याण्डमा ५० पोइन्ट मै पीआरको लागि बाटो खोल्ने अवसर रहेको छ। यसको लागि उद्धमशील सोंच हुनुपर्ने भने अनिवार्य रहेको रहेको छ।

अष्ट्रेलियाको क्विन्सल्याण्डमा सानो उद्धम गर्न चाहनेहरुले ४९१ भिसा प्राप्त गर्न सक्छन्, जसले पीआरको लागि बाटो खुल्ला गरिदिन्छ।

यो भिसाको लागि रिजनल क्विन्सल्याण्डमा बिजनेस रहनुपर्छ। तर स्टार्ट अपका लागि यो अवसर भने छैन। यो भिसाको लागि न्युनतम १ लाख डलरमा चलिरहेको बिजनेस किन्नुपर्ने हुन्छ। त्यसपछि ६ महिनासम्म उक्त बिजनेस चलाएपछि मात्र भिसाको लागि योग्य मानिन्छ।

र, बिजनेसमा कामदार राख्दा कम्तिमा एक जना अष्ट्रेलियन नागरिकलाई फुल टाइम कामदारको रुपमा राख्नुपर्छ।

विस्तृत जानकारीको लागि : this-pathway-to-australian-pr-is-available-at-50-points

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com