अष्ट्रेलियाको सिड्नी स्थित प्ले सेन्टरमा दुई वर्षिया बालिकामाथि यौन दुर्व्यवहार


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

अष्ट्रेलियाको सिड्नी स्थित प्ले सेन्टरमा दुई वर्षिया बालिकामाथि यौन दुर्व्यवहार भएको छ। जुलाई २६, आइतबारका दिन ललिपप्स प्लेल्याण्डमा उक्त घटना घटेको हो।

खेल्दै गरेकी बालिका २० मिनेटसम्म हराएकी थिइन्। अर्की बालिकाले कोही रोइरहेको सुनेपछि ती बालिकाकी आमालाई खबर गरेकी थिइन्।

त्यसपछि खोज्दै जाँदा ती बालिका घायल अवस्थामा स्टोर रुमभित्र भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, त्यस समयमा त्यहाँ थुप्रै बालबालिकाको बर्थडे पार्टी चलिरहेको थियो। जसले गर्दा दोषी पत्ता लगाउन समय लागेको छ। तर सिसिटिभीका सम्पूर्ण फुटेज र त्यहाँ त्यो समयमा रहेका व्यक्तिहरुसंग कुराकानी गरेपछि दोषी सम्म पुग्न सकिने विश्वास प्रहरीले लिएको छ।

ललिपप्स प्लेल्याण्ड अहिले बन्द रहेको छ र बालिकालाई न्याय दिलाउनको लागि प्रहरीलाई साथ दिइरहेको जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com