चीनको छङतुमा रहेको अमेरिकी कन्सुलेट अमेरिकी झण्डा हटाउँदै औपचारिक रुपमा बन्द


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

चीनको छङतुमा रहेको अमेरिकी कन्सुलेट सोमबार औपचारिक रुपमा बन्द गरिएको छ । अमेरिकाले ह्युस्टनमा रहेको चीनको कन्सुलेट बन्द गर्न निर्देशन दिए लगत्तै चीनको विदेशमन्त्रालयले छङतुमा रहेको कन्सुलेट बन्द गर्न अमेरिकालाई निर्देशन दिएको थियो ।

अमेरिकाले ह्युस्टनमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न ७२ घण्टाको समय दिएको थियो । लगत्तै चीनले आफ्नो देशमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न ७२ घण्टाको समय दिएको थियो । उक्त डेडलाइन समाप्त हुँदै गर्दा सोमबार कन्सुलेटमा फहराइएको अमेरिकाको झण्डा निकालिएको थियो ।

चीनको छङतुमा यो कन्सुलेट १९८५ मा खोलिएको थियो भने २ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका थियो । कन्सुलेटमा १५० भन्दा धेरै चाइनिजहरुलाई स्थानीय रुपमा नियुक्त गरिएको थियो ।

सप्ताहन्तभर अमेरिकी कन्सुलेटबाहिर सयौं व्यक्ति पुगेर चाइनिज झण्डा फहराउँदै तस्वीरहरु खिचेका थिए । शनिबार कन्सुलेटमा लगाइएको अमेरिकी बोर्ड हटाइएको थियो । यो कन्सुलेट तत्कालिन अमेरिकी उपराष्ट्रपति जर्ज बुसले उद्घाटन गरेका थिए ।

अमेरिकी कन्सुलेटले ट्वीट गर्दै छङतुमा रहेको कन्सुलेट जनरललाई बिदाई गरिएको र आफूले सधै मिस गर्ने उल्लेख गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com