अमेरिका लैजाने जाल थापेर, सामाजिक सन्जालमा युवाहरुलाई फलोगर्ने युवति पक्राउ !


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

टिकटक, फेसबुकलगायत सामाजिक सन्जालमा युवाहरुलाई फलो गरेर पछि नजिक हुने र अमेरिकाको डिभी परेको छ भनेर प्रलोभन बाँड्दै ठगी गरेको आरोपमा दुई जना युवती पक्राउ परेका छन्। डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरेको हो ।

दुवै जना बाग्लुङको काठेगाउँपालिका–२ का हुन्। उनीहरु भक्तपुरको रोजभिलेज कोलोनीमा बस्दै आएका थिए। उनीहरुविरुद्ध ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोप छ। महाशाखाका अनुसार कोपिला र अमिशाले टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा युवाहरुलाई फलो गरी ‘आफू फ्यान’ भएको बन्दै साथी बन्न आग्रह गर्ने गरेका थिए।

त्यसपछि उनीहरुले आफूहरु डिभी होल्डर भएको तर लकडाउनका कारण नेपालमा अड्किएका बताउने गरेका थिए। नेपालमा रहेको डिपार्टमेन्ट स्टोर चलाउन पैसा चाहिएको र पैसा दिए पार्टनरसमेत बनाउने आश्वासन उनीहरुले दिने गरेको महाशाखाको भनाइ छ। केहीलाई भने आफूले विवाह गरी अमेरिका लैजानेसम्मको आश्वासन दिने गरेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com