अमेरिकाका अनुसन्धानकर्ताहरुको नयाँ तथ्य, कोरोना भाइरस कानमा पनि


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

अमेरिकाका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस सम्बन्धी नयाँ तथ्य पत्ता लगाएका छन् ।  बैज्ञानिकहरुले गरेको अनुसन्धानमा कोरोना भाइरसले मानिसको कान र मेस्टोयड हड्डीलाई पनि संक्रमण गराउन सक्ने तथ्य फेला पारेका हुन् । अमेरिकाका अनुसन्धानकर्ताहरुले तीन केसमा यस्तो तथ्य फेला पारेका छन् ।

उनीहरुले गरेको काेराेनाबाट ज्यान गएका ३ मृत शरीबाट अनुसन्धान गरेकाे बताइएको छ । सो क्रममा तीनै मृतकहरुको दुवै कान र पछाडिका भागमा पनि कोरोना संक्रमण पाइएको थियो ।

उनीहरुको निष्कर्षसँगै अमेरिकाका रिसर्चर जोन ह्ययापकिन्स स्कूल अफ मेडिसिन्सका शोधकर्ताहरुले कोरोनाको लक्षण देखिएका मानिसको कानको परीक्षण पनि हुनुपर्नेछ ।

उनीहरुले एक युवती, र दुई बृद्धको शव लाई परीक्षण गरेकामा यो तथ्य फेला परेको हो । काेराेना भाइरस संक्रमणबाट हालसम्म विश्वभर साढे ६ लाख मानिसकाे ज्यान गइसकेकाे छ । अमेरिकामा नै सबैभन्दा धेरैकाे काेराेनाबाट ज्यान गएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com