न्युयोर्कमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुने दर महामारी सुरुभएदेखिकै कम


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

न्युयोर्क राज्यमा कोरोना संक्रमणबाट अस्तापलमा भर्ना हुने दर महामारी सुरु भएयताकै कम भएको छ । शनिबार गभर्नर एन्ड्रयु कुमोले दिएको जानकारी अनुशार हिजो कोरोना संक्रमणबाट अस्पतालमा भर्ना हुने दर मार्चको मध्ययताकै सबैभन्दा कम रहेको थियो ।

शुक्रबार कोरोना संक्रमणबाट न्युयोर्क राज्यभर जम्मा ६४६ जना अस्पतालमा भर्ना भएका थिए । यो मार्च १८ देखिकै सबैभन्दा कम रेकर्ड हो । आईसीयुमा भर्ना भएका बिरामीको संख्या पनि मार्च १६ यताकै सबैभन्दा कम १४९ मा झरेको छ । शुक्रबार न्युयोर्क राज्यमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ४२ लाख नाघिसकेको छ भने मृतकको संख्या डेढलाखको नजिक पुगेको छ । अमेरिकाका अधिकांश राज्यमा अहिले कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या र प्रतिशत दुबै डरलाग्दो रहेको छ । तर न्युयोर्क लगायतका केही राज्यमा संक्रमण दर कम छ ।

हालसम्म न्युयोर्कमा झण्डै ४ लाख ४० हजारमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । न्युयोर्कमा अहिलेसम्म ज्यान गुमाउनेहरुको संख्या ३२ हजार बढी रहेको छ । अमेरिकाका कुनै पनि राज्यको तुलनामा ज्यान गुमाउनेहरुको संख्या न्युयोर्कमा सबैभन्दा बढी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com