बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६८


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ६८ पुगेको छ । लन्डनस्थित नेपाली दूतावासले उक्त तथ्यांक दिएको हो । गत साता केन्टमा एक वृद्धाको निधनपछि संख्या बढेको हो ।

कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढि भूतपूर्व गोर्खा छन् । अहिले संक्रमित सबैजना निको भइसकेको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिए ।

दूतावासले कोभिड महामारीपछि सामान्य जनजीवनतर्फ अगाडि बढिरहेको बेलायतबाट नेपाललाई हुन सक्ने थप सहयोगबारे छलफल गरिरहेको छ । ‘थप सहयोगका लागि ब्रिटिश अधिकारीहरुसंग कुराकानी भइरहेको छ तर रिजल्ट आएको छैन्’, आरनले भने ।

बेलायतले कोभिड १९ का बेला नेपाललाई नियमित सहयोग बाहेक करिब ३० मिलियन पाउण्ड सहयोग गरेको थियो । नेपालस्थित बेलायती दूतावास र गोर्खा वेलफेयर ट्रष्टले संयुक्त रुपमा नेपालमा रहेका गोर्खा भेट्रानहरुलाई स्वास्थ्य सामग्री समेत उपलब्ध गराएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com