ब्राजिलमा भयावह बन्दै कोरोना, मृतकको संख्या ८५ हजार नाघ्यो


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

विश्वभ महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १७८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८५ हजार ३८५ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा शनिबार बिहान यो समाचार तयार पार्दासम्म २३ लाख ४८ हजार २०० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ७६ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १५ लाख ९२ हजार २८१ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७० हजार ५३४ जनाको उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com