अमेरिकामा ७५ प्रकारका ह्याण्ड सेनिटाइजर घातक, प्रयोग नगर्न चेतावनी (एफडीएको सुचीसहित)


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

अमेरिकाको एफडीएले ह्याण्ड सेनिटाइजरका अमेरिकामा पाइने कम्तीमा ७५ ब्राण्ड घातक भएको निष्कर्ष निकालेको छ । सेनिटाइजरमा इथानोल भएको उल्लेख गरिएपनि चेकगर्दा मिथानोल पाइएको एफडीएले जनाएको छ । काठबाट बनेको अक्लोहोल मिथानोल छालामा लगाउँदा घातक हुने र सुन्निएमा एकदमै खतरनाक हुने जनाइएको छ ।

एफडीले प्रयोगकर्ताहरुलाई ७५ प्रकारका सेनिटाइजर प्रयोग नगर्न चेतावनी दिएको छ । तीमध्ये कैयन सेनिटाइजरहरु बजारबाट फिर्ता गरिसकिएको छ भने कतिपय फिर्ता गर्ने प्रकृयामा रहेका छन् । मिथानोल मिसाइएका सेनिटाइजरबाट अन्धोपन लगायतका घातक असरहरु पर्ने र व्यक्ति अस्पतालमा भर्ना हुने अवस्था आउनुका साथै मृत्युसमेत हुनसक्ने एफडीएले जनाएको छ ।

कुनै दुर्घटनावश बालबालिकाहरुले त्यस्तो सेनिटाइजर खाएमा वा कसैले मादकपदार्थका रुपमा त्यस्ता सेनिटाइजर प्रयोग गरेमा शरिर विशाक्त भएर ज्यानैसमेत जानसक्ने खतरा रहन्छ । खासगरी खाना खानुअगाडि त्यस्ता सेनिटाइजर हातमा लगाउँदा खानाको माध्यमबाट शरिरभित्र जाने खतरा रहन्छ ।

वालमार्टको साम्स क्लब, बीजेको होलसेल क्लब लगायतका स्थानमा बेचिएका त्यस्त सेनिटाइजरहरु पनि घातक रहेको पत्ता लागेको छ । एफडीएले सुरुमा ९ प्रकारका ह्याण्ड सेनिटाइजरका बारेमा गत जुनमा चेतावनी जारी गरेको थियो । त्यो अहिले बढाएर ७५ बनाइएको छ ।

एफडीएले कम्तीमा ६० प्रतिशत इथानोल भएको ह्याण्ड सेनिटाइजर प्रयोग गर्न र बारम्बार हात धुन सुझाव दिएको छ । मिथानोल मिसाइएका उत्पादनहरु प्रयोग नगर्न समेत चेतावनी दिइएको छ ।

एफडीएले प्रयोग गर्नमा रोक लगाएका सेनिटाइजरको सुची यस्तो छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com