डब्ल्युचएओ प्रमुखद्वारा अमेरिकी आरोपको खण्डन


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लगाएको आरोपको खण्डन गरेका छन् ।

अमेरिकी विदेशमन्त्रीले पोम्पिओले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए ।

बिहीबार जेनेभामा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले गब्रियसले भने, ‘उनको बयान गलत, अस्वीकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुलाई कसरी बचाउने भन्ने हो । यस्ता टिप्पणीले संगठनको ध्यान विचलित हुदैन ।’

अमेरिकाले लगातार डब्ल्युएचओको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । चीनको पक्षमा काम गरेको तथा तथा कोरोनाबारे बेलैमा सूचित गर्न नसकेको जस्ता आरोप लगाउँदै अमेरिकाले डब्ल्युएचओसँगको सम्बन्ध तोडिसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com