चीनको छङतुमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न चीनको निर्देशन


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

अमेरिकाले ह्युस्टनमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न निर्देशन दिए लगत्तै चीनले छङतुमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न निर्देशन दिएको छ । चीनको विदेशमन्त्रालयले त्यहाँको शिचुवान प्रान्तको छङतुमा रहेको कन्सुलेट बन्द गर्न अमेरिकालाई निर्देशन दिएको हो ।

अमेरिकाले ह्युस्टनमा रहेको चाइनिज कन्सुलेट बन्द गर्न ७२ घण्टाको समय दिएको थियो । लगत्तै जस्तालाई तस्तैको नीति अपनाएर चीनले आफ्नो देशमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न निर्देशन दिएको छ ।

चीनको विदेशमन्त्रालयले अमेरिकी कन्सुलेट कहिलेसम्म बन्द गर्नुपर्ने भन्ने कुनै डेडलाइन दिएको छैन । यो कन्सुलेट १९८५ मा खोलिएको थियो भने २ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । कन्सुलेटमा १५० भन्दा धेरै चाइनिजहरुलाई स्थानीय रुपमा नियुक्त गरिएको थियो ।

बिहिबारमात्र अमेरिकाले ४ जना चाइनिज शोधकर्ताहरुलाई चाइनिज सेनामा सम्बद्ध भएको विवरण ढाँटेर अमेरिकामा आएको भन्दै भिसा जालसाजीमा मुद्दा हालेको छ । उनीहरुमध्ये एकजनालाई क्यालिफोर्नियामा रहेको चाइनिज कन्सुलेटमा लुकाइएको एफबीआईएको आरोप छ ।

चाइना र अमेरिकाबीच गतबर्षदेखि बढेको तनाव कोरोनाको महामारीसँगै अझ बढेको छ । कोरोनाको महामारीका सन्दर्भमा पनि एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com