कोरोना प्रभावितले पाउँदै आएको राहत अस्ट्रेलियन सरकारले घटायो


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

अस्ट्रेलियन सरकारले कोरोना प्रभावितलाई प्रदान गर्दै आएको राहत घटाइएको छ । कोरोना संक्रमणको आर्थिक अभाव पर्न थालेपछि अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजमा थोरै घटाइएको छ ।

आगामी सेप्टेम्बरपछि रोजगारी गुमाएका तर काम सुरु भएपछि बोलाइने सर्तमा रहेका ‘जबकिपर’ र पूर्णरुपमा रोजगार घुमाएका ‘जबसिकर’ सर्वसाधारलाई प्रदान गरिँदै आएको भत्तामा थोरै हेरफेर गरिने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

आगामी सेप्टेम्बरपछि जबकिपरको पाक्षिक भत्ता १२ सय डलर कायम हुने र त्यसपछि घटाएर एक हजारमा झारिने छ, यस्तै यस्तै २० घन्टा र त्यसको हाराहारीमा काम गर्नेहरुको हकमा जबकिपरको सहयोग ७ सय पचास डलर हुनेछ । यो सहयोग मार्च २०२१ सम्म मात्र लागू हुनेछ ।

जबसिकरले दुई साताको ११ सय डलर पाउँथे, अब ५ सय डलर मात्र पाउने छन् । यो व्यवस्था भने २०२० को डिसेम्बरसम्म कायम हुनेछ । जबसिकरमा रहेकाहरूले पनि सरकारी भत्तामा कुनै फरक नपर्ने गरी पाक्षिक रूपमा ३०० डलरसम्म अतिरिक्त कमाई गर्न सक्ने बताइएको छ । जबसिकर बेरोजगार भत्ताको स्थायी दरका सम्बन्धमा भने आगामी अक्टोबर महिनामा वार्षिक बजेट घोषणा मार्फत थप जानकारी उपलब्ध हुने बताइएको छ ।

हाल बेराजगार भत्ता बुझिरहेका मानिसहरूको आर्थिक स्थितिलाई मध्यनजर गरेर देशको अर्थतन्त्रलाई दीर्घकालीन असर नपर्ने गरी र लक्षित वर्गसम्म भत्ता पु¥याउन राहतलाई परिमार्जन गर्न लागिएको बताइएको छ ।

भत्ता परिमार्जन गर्दा देशको अर्थतन्त्रलाई दीर्घकालीन प्रभाव नपर्ने र थोरै घटाएर आवश्यक परेकालाई भत्ता दिने सकिने भएकाले राहत घटाइएको प्रधानमन्त्री र अर्थमन्त्री जस फ्राइडेनबर्गले आयोजित संयुक्त घोषणा कार्यक्रममा बताइयो ।

अस्ट्रेलियालीहरूले यी दुवै सहयोगी कार्यक्रमहरू अस्थायी हो भन्ने कुरा बुझेका छन् । ‘मासिक रूपमा ११ अर्ब डलरको खर्च सदाका लागि राज्यले गर्न सक्दैन,’ प्रधानमन्त्री मोरिसनले भने । मार्च महिनायता अस्ट्रेलियामा हालसम्म करिब ३५ लाख जनताले जबकिपर भुक्तानीबाट लाभ प्राप्त गरेको सरकारको तथ्यांकले देखाएको छ ।

प्रधानमन्त्री मरिसनले पार्ट टाइम कामदारहरूलाई उनीहरूको रोजगारदाताबाट तलब प्राप्त हुने र त्यसमा सरकारी अनुदान थप पाउने गरी व्यवस्थापन गरिएको बताए । सरकारद्वारा प्रदान गरिने यो बेरोजगार भत्ता लिने व्यवसायीले जबकिपरको आफ्नो पछिल्लो अवस्था देखाउनुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com