रिपब्लिकन सिनेटर र ह्वाइटहाउसबीच आगामी राहत प्याकेजबारे आधारभूत सहमति


प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार

अमेरिकामा रिपब्लिकन सिनेटर र ह्वाइटहाउसबीच आगामी कोरोनाको महामारी सम्बन्धि राहत प्याकेजबारे आधारभूत सहमति कायम भएको छ । कोरोनाभाइरस राहत प्याकेजमा कसरी अगाडि बढ्ने भन्नेबारे आधारभूत सहमति कायम भएको रिपब्लिकन सिनेटरहरुले बुधबार बेलुका घोषणा गरेका छन् ।

यसैहप्ताको तीनवटा बैठकपछि ट्रम्प प्रशासनका उच्च अधिकारीहरु र रिपब्लिकन सिनेटरहरुबीच सहमति कायम भएको हो । उनीहरु आफूहरु अब पूर्णतया एउटै पेजमा रहेको र राम्रो आकारमा रहेको बताएका छन् । बैठकमा बरिष्ठ रिपब्लिकन सिनेटरहरु , ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन, ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोज लगायतको सहभागिता रहेको थियो ।

आगामी राहत प्याकेज एक ट्रिलियन डलरको हुने सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले बताएका छन् । नयाँ प्रस्तावबारे डेमोक्रेटिक सांसदहरुसँग सहमतिको प्रयास गरिने भएको छ । डेमोक्रेटिक सांसदहरुले रिपब्लिकनलाई दवाव दिन यस अगाडि नै हाउसबाट साढे ३ ट्रिलियन डलरको प्रस्ताव पारित गरिसकेका छन् ।

वार्ताकारहरु अमेरिकनहरुलाई अर्को चरणको राहत चेक दिने विषयमा सहमत भएका छन् । बेरोजगार विमाको अतिरिक्त रकम अस्थायीरुपमा बढाउने सन्दर्भमा रिपब्लिकनले ल्याएको प्रस्तावमा ह्वाइट हाउस सकारात्मक देखिएको छ । तर पेरोल ट्याक्स कटौतीबारे पनि कुनै सहमति कायम भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com