बेलायती सेनाको संरक्षकबाट पछि हटे ९९ वर्षे प्रिन्स फिलिप


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

बेलायतीमहारानीका पति एवम् प्रिन्स फिलिप यहाँको सेनाभित्र रहेको आफ्नो भूमिकाबाट पछि हटेका छन् ।

९९ वर्षीय उनले बेलायती सेनालाई प्रदान गर्दै आएको संरक्षकको भूमिका बुधबारदेखि औपचारिक रुपमा अन्त्य गरेका हुन् ।

सन् १९५३ देखि नै विभिन्न भूमिकामा बेलायती सेनासँग जोडिएका प्रिन्स फिलिप सन् २००७ मा ‘कर्नेल अफ चिफ’ नियुक्त भएका थिए ।

बुधबार महारानीको निजी निवास रहेको ’विन्डसोर क्यासल’ मा आयोजित औपचारिक समारोहमा उनले सेनाको संरक्षकको जिम्मेवारीबाट बिदा भए । त्यस अवसरमा उनको योगदानको कदर गर्दै सेनाले उनलाई विशेष सम्मान अर्पण गरेको थियो ।

यसैबीच, प्रिन्स फिलिपले निभाउंदै आएको सेनाको संरक्षकको भूमिका अब युवराज चार्ल्सकी पत्नी क्यामिलाले पाएकी छन् ।

बुधबार नै आयोजित छुट्टै समारोहमा उनलाई सो जिम्मेवारी प्रदान गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com