चे टिसर्ट लगाएका न्युयोर्कका मेयरले लेडी लिबर्टीको टाउको बोकेको ब्यानर, हसिया र हथौडाको ग्राफिटी


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

न्युयोर्कका मेयर बिल डे ब्लाजिओप्रति आक्रोशित केही समुहले मंगलबार चे ग्वेभाराको तस्वीर अंकित टिसर्ट लगाएका मेयरले लेडी लिबर्टीको टाउको बोकेको ब्यानर बनाएर प्रर्दशन गरेका छन् । स्टेटन आइल्याण्ड एक्सप्रेसवेमा गरिएको प्रदर्शनमा राखिएको ब्यानरमा मेयरको तस्वीर बनाएर त्यसमा माक्र्सवादी क्रान्तिकारी चे ग्वेभाराको फोटो भएको टिसर्ट लगाएको देखाइएको थियो । साथमा मेयर ब्लाजिओले काटिएको लेडी लिबर्टीको टाउको बोकेको देखाइएको थियो ।

मेयरले न्युयोर्क सिटीको टाउको छिनालेको भन्दै प्रर्दशनकारीले त्यसको सांकेतिक विरोध गरेको जनाएका छन् । उनीहरुले भनेका छन् -‘मेयर ब्लाजिओले न्युयोर्कमा यही गरिरहेका छन् । उनले विश्वको एउटा महान शहरको टाउको छिनालेका छन् । केही रिपब्लिकन नेताहरुले समेत उक्त ब्यानरको तस्वीर सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् ।’

२०१७ मा भएको मेयरको चुनावमा ब्लाजिओबिरुद्ध लडेकी निकोल मालियोटाकिसले केहीदिन अगाडि न्युयोर्कका सरकारी अफिसमा बनाइएका ग्राफिटीहरुबारेको तस्वीर ट्वीट गरेकी थिइन् । ती ग्राफिटीहरुमा प्रहरीलाई सुंगुर बनाएर देखाइएको थियो भने हसिया र हथौडाको चित्र समेत बनाइएको थियो ।

उनले सरकारी अफिसमा प्रहरीबिरुद्ध तथा हसिया र हथौडाका ग्राफिटी बनाउँदासमेत मेयरलाई कुनै मतलव नभएको भन्दै विरोध गरेकी थिइन् । उनले मेयर आफैले त्यस्ता ग्राफिटीहरु बनाउन लगाएको समेत आरोप लगाएकी थिइन् ।

५९ बर्षका बिल डे ब्लाजिओले अहिले न्युयोर्क सिटीको मेयरका रुपमा दोश्रो कार्यकाल चलाइरहेका छन् । आगामी बर्ष न्युयोर्कमा मेयरका लागि चुनाव हुँदैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com