अष्ट्रेलियाको भिक्टोरियामा एज्ड केयर होमहरुमा फैलियो कोरोना, ३० एज्ड केयर लकडाउनमा
प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/07/old-aged.jpg?fit=640%2C426&ssl=1)
अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमण फैलिरहेको छ। यस क्षेत्रमा कोरोनाबाट मृत्यु हुनेहरु अधिकतम वृद्ध अवस्थाका व्यक्तिहरु छन्।
एज्ड केयर होममा संक्रमण फैलिरहेको छ। मंगलबार St Basil’s होमसंग सम्बन्धित रहेका संक्रमितहरु ५१ जना पुगेका छन्।
त्यस्तै, कोरोना संक्रमण देखिएपछि ३० वटा एज्ड केयर होमले लकडाउन गरेका छन्।
भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।