अमेरिकामा ११ दिनको फरकमा दिदी,भाइको कोरोनाले लियो ज्यान


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

अमेरिकामा २० वर्षका भाइ र २२ वर्षकी दिदीको ११ दिनभित्र कोरोनाभाइरसका कारण मृत्यु भएको छ । आमा मोनेट हिक्सका अनुसार छोरा बेरोनलाई पहिलो पटक जून २७ मा सास फेर्न समस्या भएको थियो ।

अमेरिकाको फ्लोरिडामा बस्ने मोनेटका अनुसार बेरोनलाई अस्पतालमा भर्ना गरिएको थियो र उनको अस्पतालमा नै मृत्यु भएको हो । सात दिनपछि २२ वर्षकी छोरी मिचेला पनि कोरोनाद्वारा संक्रमित भएकी थिइन् ।

आमाका अनुसार अस्पतालमा भर्ना भएपछि मिचेलाको स्वास्थ्य बिग्रँदै गयो । मृत्युभन्दा अघि उनको एउटा मृगौला खराब भएको थियो । उनलाई अक्सिजन सपोर्टमा राखिएको थियो । ८ जुलाईमा मिचेलाको मृत्यु भयो । आमाका अनुसार बेरोनलाई पहिले मोटोपना र दमको समस्या थियो । यस्तै, छोरी मिचेला मोटोपना, दम र क्रोनिक अब्सट्रक्टिव पल्मनेरी डिजिज थियो ।

अमेरिकाको फ्लोरिडा त्यो राज्यमा समावेश छ जहाँ कोरोनाका संक्रमित तीबै रुपमा बढिरहेको छ । यहाँ कूल संक्रमितमध्ये १५ देखि ३४ वर्षको उमेरका मानिसहरुको संख्या करिब ३१ प्रतिशत रहेको छ । यहाँ अहिलेसम्म ३.७ लाख व्यक्ति पोजेटिभ भेटिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com