६० मिलियन घुसकाण्डमा अमेरिकाको ओहायो संसदका सभामुख पक्राउ


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

अमेरिकाको ओहायो राज्यको संसदको तल्लो सदनका रिपब्लिकन सभामुख ल्यारी हाउसहोल्डर पक्राउ परेका छन् । उनलाई ६० मिलियन घुस काण्डमा सम्बन्धित रहेको अभियोगमा संघीय अधिकारीहरुले पक्राउ गरेका हुन् ।

उनीसहित अरु ४ जना राजनीतिज्ञहरुबिरुद्ध अभियोग लगाइएको छ । यी अभियोगहरु घुससम्बन्धि रहेको युएस एटोर्नी डेभिड डेभिलर्सले बताएका छन् । सभामुख र अन्य ४ जनाले एउटा कम्पनीबाट ६० मिलियन डलर घुस स्वीकार गरेको अभियोग लगाइएको छ ।

एक बिलियन डलरको उक्त कम्पनीको पब्लिक बेलआउटका लागि उक्त रकम घुस दिइएको थियो । उनीहरुबिरुद्ध बिहिबार अभियोजनपत्र दर्ता गराइएको थियो । अभियोगपत्रमा घुस दिने कम्पनीको नाम उल्लेख नगरिएपनि कम्पनीको नाम फस्र्ट इनर्जी कर्पोरेशन रहेको जनाइएको छ ।

सभामुख हाउसहोल्डरले कुल ४ लाख डलर प्राप्त गरेको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । उक्त रकम फ्लोरिडामा रहेको सम्पत्तिका लागि तिर्नलाई प्रयोग गरिएको जनाइएको छ । त्यस्तै व्यक्तिगत मुद्दा र क्रेडिट कार्डको ऋण तिर्न पनि उक्त रक प्रयोग गरेको खुलासा भएको छ ।

कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नहुने एफबीआईएका अधिकारी क्रिस होफम्यानले बताएका छन् । राज्य सरकारका उच्च पदस्थ व्यक्ति नै भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि ओहायोका स्थानीयबासिन्दाहरु चकित परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com