अमेरिकामा एकैदिन ६० हजार संक्रमित थपिए


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो ।

त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ । उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८८ जना संक्रमितको निधन भएको बताइएको छ ।

संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि शुरु भएको छ । यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ । सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गरेका छन् ।

विगतमा लामो समयसम्म उनी आफैले पनि मास्क नलगाउने गरेका थिए । आगामी नोभेम्बरमा यहाँ राष्ट्रपतीय निर्वाचनको अभियान शुरु हुँदैछ । त्यसैले सो निर्वाचनमा झन् कोरोना महामारी फैलिन सक्ने त्रास देखिएको छ ।

सीडीसीले पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरूमा संक्रमितको संख्या निकै बढेको छ । यसबारे अध्ययन अनुसन्धान गरिरहेका वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com