अन्तत : मास्कको पक्षमा ट्रम्प, ट्वीट गर्दै भने -‘मजस्तो देशभक्त अरु कोही छैन’


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

मास्कको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भएपछि ट्रम्पले सोमबार मास्क लगाएको तस्वीर ट्वीट गर्दै आफू देशभक्त भएको उल्लेख गरेका छन् । केहीदिन अगाडि वाल्टर रिड अस्पताल गएको बेलामा खिचेको मास्क लगाएको तस्वीर ट्वीट गर्दै ट्रम्पले भनेका छन् – ‘हामी अदृश्य चाइना भाइरसलाई परास्त्र गर्न हाम्रा प्रयासहरुमा एकजुट छौं ।’

ट्रम्पले ट्वीटमा अगाडि लेखेका छन् – ‘सामाजिक दुरी कायम गर्न नसकेको अवस्थामा मास्क लगाउनु देशभक्तिपूर्ण हुने कुरा धेरैले बताएका छन् । मभन्दा देशभक्त अरु कोही छैन । तपाईको मनपर्ने राष्ट्रपति ।’

ट्रम्पले आइतबारमात्र फक्स न्युजमा प्रशारण गरिएको एउटा अन्तरवार्तामा सबैले मास्क नलगाउन भनेकाले आफूले मास्क नलगाउने बताएका थिए । तर आजको ट्वीटमा उनले मास्क लगाउने कुरालाई देशभक्तिपूर्ण बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीडीसीले मास्क लगाउनुपर्ने बताएको झण्डै तीनमहिनापछि ट्रम्पले मास्कको पक्षमा ट्वीट गरेका हुन् । ट्रम्पका सहयोगीहरुले ट्रम्पलाई अमेरिकाको झण्डा वा मेक अमेरिका ग्रेट अगेनका लोगो वा ट्रम्प पेन्स २०२० लेखेको मास्क लगाउन प्रेरित गर्दै आएका थिए । तर ट्रम्पले त्यसलाई अस्वीकार गर्दै एकपटकमात्र मास्क लगाएका थिए ।

राष्ट्रपतिका सल्लाहकारका अनुशार उनका सहयोगीहरुले गरेको अत्यन्तै भारी अनुरोधपछिमात्र ट्रम्पले गतसाता वाल्टर रिड अस्पताल जाने बेलामा मास्क लगाएका थिए । अहिले कैयन रिपब्लिकन राज्यहरुमा कोरोनाको महामारी फैलिदै गएपछि रिपब्लिकन अधिकारीहरुले मास्क लगाउने कुराका पक्षमा सार्वजनिक रुपमा नै अनुरोध गर्दै आएका छन् ।

ट्रम्पका सल्लाहकारहरुले मास्क लगाउने विषयलाई राजनीतिक सफलतासँग समेत जोडेपछि ट्रम्प अन्तत मास्कको पक्षमा देखिएका छन् । मतदाताहरुमा कोरोनाको विषय सबैभन्दा चासोको विषय रहेको सन्दर्भमा ट्रम्प सर्वेक्षणमा पछाडि देखिएपछि सल्लाहकारहरुले मास्क लगाउँदा मतदाताको मन जित्नसकिने सुझाव दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com