‘अगस्तमा कोरोनाविरुद्धको खोपको परीक्षण सक्ने र वर्षको अन्तिमसम्म २० करोड डोज उत्पादन’: रुस


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

रुसले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण अगस्तमा सम्पन्‍न गर्ने जनाएको छ । त्यसैगरी विदेशी साझेदारहरुसँग मिलेर यस वर्ष २० करोड डोज खोप उत्पादन गर्ने आशा रहेकोसमेत जनाएको छ ।

रुसको रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले सरकारको अनुसन्धान इन्स्टिच्युटसँग मिलेर खोप विकासका लागि १० अर्ब अमेरिकी डलर व्यवस्थापन गरेको छ ।

आरडीआईएफका प्रमुख कार्यकारी किरिल डिमिट्रिभले परियोजनाले आगामी महिना अनुमति प्राप्त गर्ने र खोप उत्पादन सुरु गर्ने बताएका छन् । गत साता रुसमा पहिलो चरणको खोप परीक्षण सम्पन्‍न भएको थियो ।

“तत्कालै हामी बृहत उत्पादन सुरु गर्ने योजना बनाएका छौं,” उनले भने, “खोपको बृहत उत्वादनले सम्भावित दोस्रो लहरको कोरोना संक्रमणलाई रोक्‍न मद्दत गर्नेछ ।

रुस अहिले तीन करोड खोप उत्पादन गर्नसक्ने क्षमताको अवस्थामा र अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर यस वर्षको अन्तिमसम्म २० करोड खोप उत्पादन गर्ने डिमिट्रिभले बतए ।

कोरोना संक्रमितको संख्याको आधारमा चौथो नम्बरमा रहेको रुसमा हालसम्म ७ लाख ७७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमितको देखिएका छन भने १२ हजार भन्दा बढीको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com