तिब्बतको ताल फुट्ने संभावना, सुनकोसी तटिय क्षेत्रमा सतर्कता अपनाउन चीनको आग्रह


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

चिनियाँ सरकारले आफ्नो क्षेत्रमा निरन्तर वर्षा भईरहेको भन्दै नेपालतर्फ उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको खासामा रहेको केरुङ छो भन्ने पोखरी फुटने जोखिम बढेर ताल नै फुट्न सक्ने जोखिम बढेको भन्दै भोटेकोसी–सुनकोसी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रशासन सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

तातोपानी क्षेत्र देखि बाह्रबविसे, खाडिचौर लगाएतका सबै भोटेकोसी नदि तटिय क्षेत्रमा बासिन्दा लाई सुरक्षीत स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले अनुरोध गरेको छ । अहिले सो क्षेत्रमा प्रहरीले माइकिङ समेत गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com