अष्ट्रेलियाको भिक्टोरियामा २४९ डलरसम्ममा मास्क प्याकेट बिक्रि गर्दै स्टोरहरु


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा कोरोना भाइरस संक्रमणमा वृद्धि भएपछि राज्य सरकारले सबैको लागि फेस मास्क अनिवार्य गरेको छ। उक्त नियम पालना नगरेमा २ सय डलर जरिवाना तिर्नुपर्नेछ।

यो नियम लागु भएपछि स्टोरहरुमा फेस मास्क किन्नेको संख्या बढिरहेको छ। राज्य सरकारले फेस मास्कको मूल्य यथावत राख्नको लागि निर्देशन दिएको छ।

केही स्टोरहरुमा फेस मास्क अत्यन्तै महँगो पाइएको छ। प्राइसलाइनले KN95 डिस्पोजेबल ५० मास्कको प्याकेटको मूल्य २४९ डलर राखेको छ। र, अर्को ३५ वटा मास्कको प्याकेटको मूल्य २०९ डलर राखिएको छ। ग्राहकहरुले फेस मास्क महँगो भएको गुनासो गरिरहेतापनि स्टोरले भने मास्कको गुणस्तरीयताका कारण महँगो भएको बताएका छन्।

त्यस्तै केही स्टोरले एकजना ग्राहकले एक प्याकेट मात्र किन्न सक्ने नियम बनाएका छन्।

Source : 9 News

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com