अष्ट्रेलियन सरकारद्वारा भिसाका कारण चिन्तित विद्यार्थीहरुका लागि सहयोगको घोषणा


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

अष्ट्रेलियामा अध्ययनरत धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरु अहिले भिसाका कारण चिन्तित बनिरहेका छन्। कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण कतिपय विद्यार्थीहरु अष्ट्रेलिया बाहिर अड्किएका छन् भने कतिपय विद्यार्थीहरु अष्ट्रेलियामा नै रहेर पनि भिसा सम्बन्धि समस्यामा परेका छन्।

अष्ट्रेलियाको आर्थिक विकासमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले ठूलो सहयोग गरिरहेको जनाउंदै शिक्षा मन्त्रालयले विद्यार्थीहरुका लागि सहयोगको घोषणा गरिएको छ।

उक्त घोषणा अनुसार, विद्यार्थीहरुले आफ्नो भिसाको म्यादमा पढाइ पूरा गर्न नसकेको खण्डमा फेरी नि:शुल्क भिसा एप्लाई गर्न सक्नेछन्। अष्ट्रेलिया बाहिर रहेर अनलाइन पढाइ गरिरहेका विद्यार्थीहरुको उक्त पढाइ अवधि / पढाइ पनि अष्ट्रेलियाको पोस्ट स्टडी वर्क भिसाको लागि मान्य हुनेछ।

भिसा होल्डर ग्राजुएट विद्यार्थी कोरोना भाइरसका कारण फर्किन नसकेमा पोस्ट स्टडी वर्क भिसाको लागि एप्लाई गर्न पाउनेछन्।

थप जानकारीको लागि :

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com