बेलायतले कोरोना भ्याक्सिन विरुद्धको खोप विकासभएलगत्तै आफ्नो देशका लागि ९ करोड भ्याक्सिनको अग्रिम बुकिङ गरेको छ ।
कोरोना भ्याक्सिनको उत्पादन तथा वितरण गर्ने २ वटा फर्मास्यूटीकल कम्पनीसँग बेलायतले यसबारे सम्झौता गरिसकेको बेलायती संचारमाध्यमहरुले जनाएका छन् ।
बेलायत सरकारले ‘वायोनटेक’ नामक कम्पनीसँग ३ करोड भ्याक्सिनको लागि सम्झौता गरेको छ । जुन कम्पनीले विकास गर्दै गरेको कोरोनाविरोधी भ्याक्सिन अहिले दोस्रो चरणमा छ ।
यसैगरी, बेलायतले ‘भल्नेभा’ नामक अर्को कम्पनीसंग ६ करोड भ्याक्सिनको लागि सम्झौता गरेको छ । उक्त कम्पनीले विकास गरेको भ्याक्सिन प्रभावकारी र उपयुक्त भएको खन्डमा बेलायतलाई थप ४ करोड उपलब्ध गराउने सहमति भएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
स्कटल्यान्डमा फ्याक्ट्री रहेको भल्भेना कम्पनीले तयार गर्ने भ्याक्सिनको क्लिनिकल परीक्षणको लागि बेलायत सरकरले आर्थिक सहायता समेत प्रदान गर्दैछ ।
उक्त कम्पनीबाट १ अर्ब भ्याक्सिन उत्पादन गरी अन्य मुलुकको लागि समेत उपलब्ध गराउने उद्धेश्यले अतिरिक्त बजेट व्यवस्थापनबारे पनि छलफल भइरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।